राष्ट्रपति पौडेलले लगाए दसैँको टीका, बिहान १०:२६ बजे ग्रहण गरे प्रसाद
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको शुभसाइतमा टीका, जमरा र आशीर्वाद ग्रहण गरेका छन्। शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा गुरु–पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेका हुन्। विगतका वर्षमा विजयादशमीका दिन राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने...
