Skip to content

बाजुरामा ट्र्याक्टर दुर्घटना: तीन जनाको मृत्यु, चार घाइते

काठमाडौं । बाजुरामा शुक्रबार राति भएको ट्र्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सु.प.प्र.०१–००२ त ४६८७ नम्बरको ट्र्याक्टर दाउणामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४५ वर्षीय धनरुप शाही, ३५ वर्षीय धर्म शाही र ५२ वर्षीया नामसरा देवी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए ।

दुर्घटनामा सोही ठाउँका ४० वर्षीय बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया सङ्गीता शाही र ट्र्याक्टर चालक २१ वर्षीय नवीन बोहरा घाइते भएका छन् । उनीहरूको कोल्टी अस्पतालमा उपचार भइरहेको छ ।

अछामको रामारोशन गाउँपालिका–४ का नवीन बोहराले चलाएको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्:XWhatsAppViberLinkedInTelegram

लोकप्रिय