२०८५ सालमा तिहार र छठको पर्वचक्र असामान्य हुने, लक्ष्मीपूजा र भाइटीकाबीच एक महिनाको अन्तर
काठमाडौं । २०८५ सालमा तिहारका पर्वहरूबीच असामान्य अन्तर देखिने विवरण सार्वजनिक भएको छ। तिहारकै अवधिमा मलमास परेपछि लक्ष्मीपूजा र भाइटीकाबीच झन्डै एक महिनाको अन्तर रहने बताइएको छ। त्यस्तै, छठ पर्व पनि लक्ष्मीपूजाको ३८औँ दिन पर्ने दाबी गरिएको छ। प्राप्त पात्रोसम्बन्धी विवरणअनुसार २०८५ सालको...
