कांग्रेस महाधिवेशन : बन्दसत्रबाट चारवटै प्रतिवेदन पारित
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा प्रस्तुत चारवटै प्रतिवेदन पारित भएका छन् । खुलामञ्चमा जारी बन्दसत्रले सभापति गगनकुमार थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सङ्गठनसम्बन्धी प्रतिवेदन...
