

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।