

काठमाडौं । इनर्जी ड्रिंक बजारमा आफ्नो उत्पादन विस्तार गर्दै एक्सट्रिमले पाँच नयाँ स्वाद सार्वजनिक गरेको छ । नयाँ स्वादसँगै कम्पनीले उपभोक्तालाई सुन जित्ने अवसरसहितको प्रवर्द्धनात्मक अभियान पनि सुरु गरेको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीकी बिजनेस हेड सोनिया राणालगायतले नयाँ स्वाद सार्वजनिक गरेका हुन् । कम्पनीले उत्पादन विविधीकरण र बजार विस्तार गर्ने योजनाअनुसार नयाँ स्वाद बजारमा ल्याएको जनाएको छ ।
कम्पनीले ‘स्क्यानमा सुन’ नामक प्रवर्द्धनात्मक अभियानसमेत घोषणा गरेको छ । तीन महिनासम्म सञ्चालन हुने यस अभियानमा छ जना भाग्यशाली उपभोक्ताले सुनको क्यान जित्न सक्ने कम्पनीले जनाएको छ । नयाँ उत्पादन सार्वजनिकसँगै कम्पनीले ‘विन्टर एडिसन’ अभियान पनि सुरु गरेको छ । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक गतिविधिसमेत आयोजना गरिएको थियो ।
