Skip to content

सुनको मूल्य तोलामा ३३ सय र चाँदीको १२० रुपैयाँ बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३३ सय रुपैयाँले बढेर २ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १२० रुपैयाँले बढेको छ । महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला ३ हजार १९५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।

सेयर गर्नुहोस्:XWhatsAppViberLinkedInTelegram

लोकप्रिय