पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि अदालत लगिँदै
काठमाडौं । मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुलेको अभियोगमा बिहीबार पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि आज शुक्रबार काठमाडौं जिल्ला अदालत लगिँदै छ ।
अर्याललाई बिहीबार भारतको नयाँ दिल्लीबाट पक्राउ गरी हवाईमार्ग हुँदै नेपाल ल्याइएको हो । उनलाई भारतको सिलगुढीस्थित बागडोगरा विमानस्थलबाट पूर्वी नाका हुँदै विराटनगर ल्याइएको थियो । त्यसपछि विराटनगर विमानस्थलबाट जहाजमार्फत बिहीबार अपराह्न काठमाडौं ल्याइएको हो ।
यद्यपि, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भने अर्याललाई मोरङको विराटनगरस्थित नेपाल–भारत सीमाक्षेत्रबाट पक्राउ गरिएको भन्दै विज्ञप्तिमार्फत औपचारिक जानकारी गराएको छ ।


