भोटेकोसी बाढीपीडितको बस्ती स्थानान्तरणका लागि जग्गा खोज्न १३ सदस्यीय समिति गठन
काठमाडौं । भोटेकोसी बाढीबाट विस्थापित तथा जोखिममा परेका परिवारको बस्ती स्थानान्तरणका लागि सुरक्षित जग्गा पहिचान गर्न सरकारले १३ सदस्यीय समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा गठन गरिएको समितिले पहिलो चरणमा बाढीबाट प्रभावित तथा जोखिममा परेका परिवारको संख्या यकिन गर्नेछ।...
