कृष्णभीर सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट एलपी ग्यास आपूर्ति
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा पहिरो गएर सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्था मिलाइएको छ। नेपाल आयल निगम लिमिटेडका अनुसार काठमाडौंका विभिन्न ग्यास उद्योगका सिलिन्डर तराई क्षेत्रका उद्योगमा रिफिल गरी वैकल्पिक सडकमार्फत काठमाडौं ल्याएर...
