

बुधबारसम्म गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ६ स्वर्ण, १ रजत र २ कास्यसहित ९ पदक जितेको छ। त्यस्तै, नेपाल पुलिस क्लबले ३ स्वर्ण, ७ रजत र ८ कास्यसहित १८ पदक हात पारेको छ। नेपाल आर्मीले पनि २ स्वर्ण, ८ रजत र ८ कास्यसहित समान १८ पदक जितेको छ।
सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र २ रजतसहित ३ पदक जित्दा कोशी प्रदेशले १ स्वर्ण पदक हात पारेको छ। प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने तय भए पनि केही खेलहरू यसअघि नै सुरु भएका हुन्।
