काठमाडौं । कतारमा आयोजित एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय टोली बुधबार राति स्वदेश फर्किएको छ। प्रतियोगितामा नेपालले तीन खेल खेलेको थियो। तीनमध्ये दुई खेलमा पराजित भएको नेपालले एक खेलमा जित निकालेको थियो।
नेपाल भारत ‘ए’ र पाकिस्तान ‘ए’सँग पराजित हुँदा यूएईलाई भने हराउन सफल भएको थियो। स्वदेश फर्किएको नेपाली टोली अब आईसीसी एकदिवसीय विश्वकप क्वालिफायर प्लेअफको तयारीमा जुट्नेछ। उक्त प्रतियोगिता मंसिर १८ देखि पुस ६ गतेसम्म नेपालमा आयोजना हुँदैछ।