

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी रोहित पौडेल विवाह बन्धनमा बाँधिएका छन् ।
रोहितले थाइल्यान्डमा आयोजित एक समारोहबीच प्रेमिका सिम्रन खड्कासँग लगनगाँठो कसेका हुन् ।
रोहितको विवाह समारोहमा सहभागी हुन राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू पनि थाइल्यान्ड पुगेका थिए । कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप जोरा लगायत खेलाडी विवाह समारोहमा सहभागी भएका थिए ।
यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी करण केसीले पनि नेपालबाहिर विवाह गरेका थिए । उनले भारतको चण्डीगढमा प्रेमिका वर्षा बस्नेतसँग विवाह गरेका थिए ।