

कोइरालाले बिहीबारसम्म समितिका संयोजकहरूबारे निर्णय गर्ने बताएका छन्। ‘उहाँले संयोजकहरूको निर्णय गर्नुहुन्छ। त्यसपछि आफ्नो कमिटीमा सदस्यहरू राखेर काम थालनी गर्नुहुन्छ,’ बस्नेतले भने। महाधिवेशन सम्पन्न गर्न व्यवस्थापन, स्वयंसेवक र मञ्च व्यवस्थापनलगायत करिब १५ देखि २० वटा समिति गठन गरिने कोइरालाले बताए।