साफ यू–१७ महिला च्याम्पियनसिप : बंगलादेशसँग दोस्रो हारसँगै नेपाल उपाधि होडबाट बाहिरियो
काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग लगातार दोस्रो हार व्यहोरेको छ। बुधबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपाल ४–१ गोलअन्तरले पराजित भयो। यससँगै नेपाल प्रतियोगिताको उपाधि दौडबाट पनि बाहिरिएको छ। बंगलादेशका लागि सोरभी अखण्ड प्रीतिले ह्याट्रिक गर्दै टिमलाई सहज जित...
