नेपालमा चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, १६ सय परिवार प्रभावित
काठमाडौं। नेपालमा पछिल्ला चार वर्षमा चट्याङका कारण २३७ जनाले ज्यान गुमाएका छन् भने ९०८ जना घाइते भएका छन्। देशका झापा, उदयपुर, मकवानपुरदेखि कञ्चनपुर र हुम्लादेखि धनुषासम्मका विभिन्न क्षेत्रहरू चट्याङको उच्च जोखिममा रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठका...
