कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई मातृशोक

कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई मातृशोक

काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्ष तथा पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठकी माता लीलादेवी श्रेष्ठको निधन भएको छ । ८९ वर्षीया लीलादेवी श्रेष्ठको शुक्रबार काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

श्रेष्ठको पार्थिव शरीरलाई आज दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यबाहक मुख्य सचिव डा. प्रदिप पराजुलीले जानकारी दिएका छन् । उनको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले शोक वक्तव्य जारी गर्दै गहिरो दु:ख व्यक्त गरेका छन् ।