विश्वकप फाइनलको टिकट आकाशियो : पुनर्बिक्री बजारमा ३५ करोड रुपैयाँसम्म
काठमाडौं । अमेरिकाको न्युयोर्क–न्युजर्सी स्टेडियममा आइतबार हुने फिफा विश्वकप–२०२६ को फाइनल हेर्न चाहने समर्थकले अन्तिम समयमा टिकट किन्न चाहे करोडौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आएको छ। खेल सुरु हुनुभन्दा २४ घण्टाभन्दा कम समय बाँकी रहँदा पुनर्बिक्री (रिसेल) बजारमा फाइनलको एक टिकटको मूल्य २३...
