प्लेअफमा पुग्न काठमान्डु र सुदूरपश्चिम भिड्दै, टस जितेर काठमान्डुले रोज्यो बलिङ

प्लेअफमा पुग्न काठमान्डु र सुदूरपश्चिम भिड्दै, टस जितेर काठमान्डुले रोज्यो बलिङ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेलमा काठमान्डु गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । काठमान्डुले सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

आजको खेल जित्ने टोली प्लेअफमा छनोट हुनेछ ।

दुवै टोलीमा दुई–दुई परिवर्तन

सुदूरपश्चिमले आजको खेलका लागि पहिलो रोजाइमा दुई परिवर्तन गरेको छ । अभिनाश बोहराको स्थानमा दीपक बोहरा तथा सैफ जैबको स्थानमा फाबियन एलनलाई टोलीमा समावेश गरिएको छ ।

यस्तै, काठमान्डुले पनि दुई खेलाडी परिवर्तन गरेको छ । अस्ट्रेलिया फर्किसकेका डेभिड वार्नर र विलियम बोसिस्टोको स्थानमा श्रीलंकाका दुसान हेमन्था र अस्ट्रेलियाका साम हिजलेट पहिलो रोजाइमा खेल्दैछन् ।