हरमित सिंह जनकपुर बोल्ट्सको कप्तान, तेस्रो संस्करणमा जनकपुरबाट खेल्ने
काठमाडौं । अमेरिकी अलराउन्डर हरमित सिंहले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्। जनकपुर बोल्ट्सले शनिबार सामाजिक सञ्जालमार्फत हरमितलाई अनुबन्ध गरेको घोषणा गर्दै उनलाई टोलीको कप्तानीसमेत सुम्पिएको जनाएको छ। देब्रेहाते स्पिन अलराउन्डर हरमितले एनपीएलका पहिलो दुई संस्करण सुदूरपश्चिम रोयल्सबाट...
