एनपीएल सुरु हुनुअघि प्रधानमन्त्री बालेन शाहले दिए नेपाली क्रिकेटलाई शुभकामना

एनपीएल सुरु हुनुअघि प्रधानमन्त्री बालेन शाहले दिए नेपाली क्रिकेटलाई शुभकामना

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्। प्रधानमन्त्री शाहले केही वर्षमै एनपीएल नेपालको ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी हुने अन्तर्राष्ट्रिय खेलाडी, कमेन्टेटर, नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिएका हुन्।

उनले सामाजिक सञ्जालमार्फत एनपीएलमा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै प्रतियोगिताको सफलताको कामना गरेका छन्।

“नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु हुँदैछ। केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ। लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई हार्दिक स्वागत छ। नेपाली खेलाडी, आयोजक र क्यानलाई यो सुन्दर प्रतियोगिताका लागि शुभकामना। नेपाली क्रिकेट अमर रहोस्,” उनले लेखेका छन्। एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु भएर मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।