पोखरामा स्कुल बस दुर्घटना : तीन विद्यार्थीको मृत्यु, १८ घाइते

पोखरामा स्कुल बस दुर्घटना : तीन विद्यार्थीको मृत्यु, १८ घाइते

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८, कालिकास्थित ओख्लेको भीरबाट स्कुल बस खस्दा तीन जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर पोखरातर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार बसमा २० जनाभन्दा बढी विद्यार्थी सवार थिए। कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले दुर्घटनामा तीन जनाको मृत्यु भएको जानकारी दिएका छन्। दुर्घटनामा घाइते भएकामध्ये १५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। गण्डकी मेडिकल कलेजमा उपचारका लागि ल्याइएका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ।