देशभर मेघगर्जनसहित वर्षा, चार प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मेघगर्जनसहित वर्षा, चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली तथा मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार शुक्रबार दिउँसो पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । यद्यपि, शनिबारदेखि मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै मौसममा सुधार आउने विभागले जनाएको छ ।

पूर्वी क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अझै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।