कांग्रेस पोखरा-२७ को सभापतिमा विश्वराज पौडेल सर्वसम्मत

कांग्रेस पोखरा-२७ को सभापतिमा विश्वराज पौडेल सर्वसम्मत

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका-२७ को १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशनबाट युवा नेता विश्वराज पौडेल वडा इकाई सभापतिमा सर्वसम्मत चयन भएका छन्। ३५ वर्षमुनिका पौडेल नेपाल विद्यार्थी सङ्घमा आबद्ध रहेर राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।

अधिवेशनबाट उपसभापतिमा चेतबहादुर कुमाल र सचिवमा युवा व्यवसायी सुरेन्द्र भट्टराई चयन भएका छन्।

यस्तै, कार्यसमिति सदस्यमा मोनिका सुनार, शान्तिकुमारी आचार्य, आशिष सापकोटा, भेषराज सापकोटा, मनोज आचार्य, भानुभक्त लामिछाने, प्रेम बराल, गोपीकृष्ण तिवारी, विष्णुदेवी क्षेत्री, तरुणमणि सुवेदी, लक्ष्मी कुमाल, ऋतु पौडेल, कोपिलाकुमारी कुमाल, सागर लामिछाने, भुवन लामिछाने र शर्मिला कुमाल चयन भएका छन्।

अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, जिल्ला सचिव सुरेन्द्रनाथ शर्मा, क्षेत्रीय संयोजक विकास लामागुरुङ, महानगर सभापति मिलनप्रसाद तिवारी, रुपा गाउँपालिकाका सभापति ढकबहादुर थापा, नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष अभित केसी, युवा नेता गोविन्द लामिछाने, जिल्ला सदस्य विजय घिमिरेलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता नवनिर्वाचित सभापति विश्वराज पौडेलले गरेका थिए भने सञ्चालन युवा नेता गोपीकृष्ण तिवारीले गरेका थिए।