

काठमाडौं । धेरैलाई लाग्छ कि रक्सी र चिनी कलेजोका मुख्य शत्रु हुन्, तर स्वास्थ्य विज्ञहरूले भन्छन्—केही बीउबाट बनेका खाने तेलहरू रक्सीभन्दा पनि कलेजोका लागि हानिकारक हुन सक्छन्।
विशेषगरी सूर्यमुखी, कुसुम, भटमास र कपासको बीउबाट निकालिने तेलमा पाइने ओमेगा–६ फ्याटी एसिड (लिनोलिक एसिड) को अत्यधिक मात्रा कलेजोमा सूजन र अक्सिडेटिभ तनाव उत्पन्न गराउँछ, जसले दीर्घकालीन रूपमा कलेजोमा घाउसमेत पार्न सक्छ।
स्वास्थ्य विज्ञहरूका अनुसार यी तेलको अत्यधिक सेवनले शरीरका अन्य अंगहरूमा समेत असर पुर्याउँछ र थुप्रै रोगहरूको कारक बन्न सक्छ। बजारमा पाइने अधिकांश रिफाइन्ड तेलमा यिनै घातक तत्वहरू मिसिएको पाइन्छ, जुन दैनिक उपभोग गर्दा स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।
तर सबै बीउको तेल हानिकारक भने होइन। ओमेगा–३ फ्याटी एसिड धेरै र ओमेगा–६ को मात्रा कम हुने तेलहरू—जस्तै जैतुनको तेल, तोरीको तेल, तथा चिसो थिचेर निकालिएको तेल—स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ।
स्वास्थ्य विशेषज्ञहरूको सुझाव छ: सकेसम्म रिफाइन्ड तेलको प्रयोग घटाउनुपर्छ र कम तापक्रममा प्रयोग गर्न मिल्ने, प्राकृतिक विधिबाट तयार पारिएका तेलहरू रोज्नुपर्छ। यसरी सचेत भई तेलको छनोट गर्दा कलेजोलगायत सम्पूर्ण शरीरको दीर्घकालीन स्वास्थ्य जोगाउन सकिन्छ।