

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरु गरेका छन् ।
सोमबार बिहान जनकपुरस्थित जानकी मन्दिरमा आयोजित कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले पदयात्राको उद्घाटन गरेका हुन् ।
छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित लामिछाने जनकपुरमै रहेका बेला सिंहले उनीबाट पदयात्राको उद्घाटन गराएका हुन् ।