२४ घण्टामा थपिए ११६ सङ्क्रमण, कुल सङ्क्रमितकाे सङ्ख्या १७ हजार ६१
काठमाडौँ, ३० असार ।नेपालमा पछिल्लो चौबीस घण्टामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । थपिएका सङ्क्रमितसँगै हालसम्म कोरोनाभाइरसका बिरामी संख्या १७ हजार ६१ पुगेको छ । चौबीस घण्टामा चार हजार ३६१ जनाको कोरोनाभाइरसका परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट ११६ जना नयाँ…
