२४ घण्टामा थपिए ११६ सङ्क्रमण, कुल सङ्क्रमितकाे सङ्ख्या १७ हजार ६१

  • 41
    Shares
२४ घण्टामा थपिए ११६ सङ्क्रमण, कुल सङ्क्रमितकाे सङ्ख्या १७ हजार ६१

काठमाडौँ, ३० असार ।नेपालमा पछिल्लो चौबीस घण्टामा थप ११६ जनामा कोरोना संक्रमण  पुष्टि भएकाे छ । थपिएका सङ्क्रमितसँगै हालसम्म कोरोनाभाइरसका बिरामी संख्या १७ हजार ६१ पुगेको छ ।

चौबीस घण्टामा चार हजार ३६१ जनाको कोरोनाभाइरसका परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट ११६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ । हाल क्वारेन्टाइनमा २४ हजार ७१६ जना बिरामी छन् । आईसोलेशनमा छ हजार ६९५ जना छन् ।

गत २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ ।