कोरोना भाइरस : भुँई मान्छेको परीक्षण गरौँ

  • 8
    Shares
कोरोना भाइरस : भुँई मान्छेको परीक्षण गरौँ

डा. रवीन्द्र पाण्डे

काठमाडौँ, २८ असार ।सानो संख्यामा भएपनि सरकारले कार्यालय, बैंक, डिपार्टमेन्टल स्टोरमा सरकारले पीसीआर टेस्ट गर्न शुरू गरेको छ । यी क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई कोरोना संक्रमणबारे चेतना राम्रो छ । मास्क प्रयोग गर्ने, सकभर व्यक्तिगत दूरी कायम गर्ने तथा हात धुने र स्यानिटाइजर प्रयोग गर्ने अभ्यासमा यो वर्ग सचेत देखिन्छ । यो बर्गलाई सम्बन्धित कार्यालयले पनि परीक्षण गराउन सक्छ |

सरकारले तरकारी तथा फलफूल बजार, मासु पसल, सुकुम्बासी क्षेत्र, भीडभाड धेरै हुने ठाउँ, व्यक्तिगत दूरी राख्न असम्भव साँघुरा गल्ली, भट्टीपसल, इँटाभट्टा, सफाइ तथा फोहोर व्यवस्थापनसँग सम्बद्ध पेशादेखि भरिया, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतमा परीक्षण गर्ने मापदण्ड बनाउनु जरूरी छ । यी ठाउँको परीक्षणबाट समाजको वास्तविक अनुहार देख्न सजिलो हुन्छ ।