२४ घण्टामा थपिए १४४ सङ्क्रमण, सङ्क्रमितकाे सङ्ख्या १६ हजार ९४५ पुग्याे

२४ घण्टामा थपिए १४४ सङ्क्रमण, सङ्क्रमितकाे सङ्ख्या १६ हजार ९४५ पुग्याे

काठमाडौँ, २९ असार । नेपालमा साेमबार थप १४४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या १६ हजार नाै सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै सङ्क्रमण पुष्टिभएकामध्ये अहिलेसम्म १० हजार दुई सय ९४ जना निको भएर घर फर्किएकाे र सक्रिय सङ्क्रमित ६ हजार ६ सय १३ जना मात्रै रहेको मन्त्रालयले जनाएको छ ।सोमबार नेपालमा एक सय ४४ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिँदा एक हजार सात सय ९४ जना निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार विभिन्न २५ वटा प्रयोगशालामा भएका परीक्षणमा एक सय ४४ जनामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार पाँच हजार आठ सय ४६ जनाकाे पीसीआर परीक्षण गर्दा एक सय ४४ जनामा काेराेना पोजेटिभ भेटिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

अहिले प्रदेश नम्बर १ मा एक सय ८३, प्रदेश नम्बर २ मा एक हजार आठ सय ७२ र वाग्मती प्रदेशमा चार सय ५८ जना सङ्क्रमित अहिले विभिन्न अस्पतालका आइसोलेशनमा उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा चार सय ९८, प्रदेश नम्बर ५ मा सात सय २९, कर्णाली प्रदेशमा तीन सय ६१ र सुदूरपश्चिम प्रदेशमा दुई हजार पाँच सय १२ जना सङ्क्रमितकाे उपचार भइरहेकाे छ ।

अहिलेसम्म कोरोना सङ्क्रमणबाट ३८ जनाको मृत्यु भएको छ ।