थप ८२ जनामा संक्रमण पुष्टि, कुल संख्या १६ हजार ८०१ पुग्यो

थप ८२ जनामा संक्रमण पुष्टि, कुल  संख्या १६ हजार ८०१ पुग्यो

काठमाडौँ, २८ असार ।पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले  जनाएको छ ।योसँगै कुल सङ्क्रमित १६ हजार ८०१ पुगेको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

आज १४७ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ८ हजार ५८९ पुगेको छ । यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ६ पुगेको छ । काठमाडौँमा पाँचजना र ललितपुरमा एकजना सङ्क्रमित भएका छन् ।