स्वास्थ्य / जीवन शैली

काठमाडौं उपत्यकामा १७२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा १७२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३२ साउन ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७२ जनामा कोरोना पुष्टि भएको छ ।काठमाडौंमा १२६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयोे । संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।नेपालमा पछिल्लो २४ घण्टामा ६४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।