

काठमाडौंँ, ३० साउन।शुक्रबार काठमाडौं उपत्यकामा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म नेपालमा ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल क्वारेन्टाइनमा १४ हजार ६३८ जना रहेका छन् भने ७ हजार ९१३ आइशोलेशनमा छन् ।