बुटवलमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

बुटवलमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

बुटवल, ३२ साउन ।बुटवल उपमहानगरमा १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

शनिबार बुटवल उपमहानगरपालिकाको लेखा शाखामा कार्यरत एकजना अधिकृतमा पनि संक्रमण देखिएको थियो । संक्रमित अधिकृतको सम्पर्कमा रहेका कर्मचारी र जनप्रतिनिधिको पीसीआर परीक्षणबाट आइतबार थप तीन जना अन्य अधिकृतमा पनि संक्रमण पुष्टि भएको हो ।

बुटवल उपमहागरको वडा नंं. ११ मा आइतबारसम्म १८ जनालाई संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको पीसीआर परीक्षणमा १६ जना नयाँ संक्रमित थपिएका बुटवल उपमहानगरपालिकाका स्वास्थ्य विभग प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिए ।

पछिल्लो रिपोर्टसँगै बुटवलमा कोरोना संक्रमितको संख्या ८० पुगेको छ । सिंहका अनुसार आइतबार पुष्टि भएका संक्रमित मध्ये तीन जना उपमहानगरका अधिकृत तहरका कर्मचारी छन् ।

आइतबारसम्ममा उपमहानगरभित्र सक्रिय संक्रमितको संख्या ५६ पुगेको छ ।