टप एन्ड टी–२० सिरिजमा नेपाललाई पहिलो जित, नन्दनले लिए ५ विकेट
काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ। बुधबार सम्पन्न चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराउँदै सिरिजमा विजयी यात्रा सुरू गरेको हो। १८१ रनको लक्ष्य पछ्याउने क्रममा होबार्ट १६.१ ओभरमै ११४ रनमा अलआउट...
