उपसभामुख विवादबीच प्रचण्डद्वारा विपक्षी दलको बैठक आह्वान

उपसभामुख विवादबीच प्रचण्डद्वारा विपक्षी दलको बैठक आह्वान

काठमाडौं । उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी भइरहेको चर्चा चलेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको बैठक बोलाएका छन्।

माओवादी संसदीय दलको कार्यालयमा केहीबेरमै बस्ने भनिएको बैठकबारे रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन्। उक्त बैठकमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीलगायत दलहरूको सहभागिता रहने बताइएको छ।