

काठमाडौं : सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ । आज शुक्रबार प्रतितोला १ हजार २०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ६०० रुपैयाँ निर्धारण गरिएको छ । हिजो बिहीबार प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँ मा कारोबार भएको थियो ।
यससँगै सुनको मूल्य इतिहासमै पहिलोपटक दुई लाख नाघेको छ । साथै, चाँदी प्रतितोला २ हजार ३६० रुपैयाँमा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।