चीन भ्रमणबारे प्रधानमन्त्रीले संसद्लाई गराए जानकारी

चीन भ्रमणबारे प्रधानमन्त्रीले संसद्लाई गराए जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी दिएका छन् । उनले चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा भदौ १४ देखि १८ गतेसम्म पाँचदिने चीन भ्रमणमा जाने बताएका हुन् ।

प्रधानमन्त्री ओलीका अनुसार भ्रमणको मुख्य उद्देश्य चीनको थियानजिनमा हुने शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागिता जनाउनु रहेको छ । ‘नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी मेरो नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काम गर्नेछ,’उनले सदनलाई सम्बोधन गर्दै भने ।

यस क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग दुईपक्षीय भेट गर्नेछन् भने बेइजिङमा उपराष्ट्रपति हान चङ्गसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।

एससीओ शिखर सम्मेलनका अवसरमा ओलीले रूसका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यतालिका रहेको जानकारी दिइएको छ ।

तर, यसपटकको कार्यसूचीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भने समावेश नभएको उल्लेख गरिएको छ ।