

काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराउँदै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ । शनिबार भएको खेलमा विराटनगरले लगातार दुई हारपछि तेस्रो खेलमा पहिलो जित निकालेको हो ।
विराटनगर पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो भने दोस्रो खेलमा कर्णाली याक्ससँग ४ विकेटले हारेको थियो ।
सुदूरपश्चिमले भने जारी प्रतियोगितामा दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो । विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ५ ओभरमा ३ विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो ।
सुदूरपश्चिमका सैफ जैबले १० बलमा दुई छक्कासहित १७ रन बनाए । उनी रुपेश सिंहको बलमा क्याच आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी एक रनमा आउट हुँदा ओपनर शेरफाने रदरफोर्ड पहिलो बलमै आन्द्रे रसेलको बलमा बोल्ड भए ।आरिफ शेख १७ र स्कट कुग्लेजिन २८ रनमा अविजित रहे ।