संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने

संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही पनि नरहेको बताएका छन् । सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले संविधान र लोकतन्त्रको मर्मविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे ।

‘यसमा कहिल्यै कसैले दुविधा गर्नुपर्दैन । संविधान र लोकतन्त्रभन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जोकोहीले गरेको भए पनि ऊ सजायको भागीदार हुनुपर्छ र त्यसको जिम्मेवारी लिनुपर्छ भन्ने कुरा हामीले स्पष्ट रूपमा भनिसकेका छौँ । पार्टीले पनि निर्णय गरेको छ,’ उनले भने ।

लामिछानेले संविधानप्रदत्त अधिकारको हवाला दिँदै संविधान र लोकतन्त्रविरुद्धका गतिविधि गर्ने कार्य स्वीकार्य नहुने चेतावनीसमेत दिए ।