

काठमाडौं । विशेष अदालतले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई ४ दिन थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी उनीहरूलाई थुनामा राख्न अनुमति दिएको अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ प्रक्रियामा भ्रष्टाचारजन्य कसुर भएको आरोपसहित दुवै जनालाई पक्राउ गरी म्याद थपका लागि विशेष अदालतमा निवेदन दिएको थियो।
अदालतको आदेशसँगै अनुसन्धान प्रक्रिया अघि बढ्ने भएको छ।