सञ्चारगृहमा पसेर पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन

सञ्चारगृहमा पसेर पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहमा प्रवेश गरी पत्रकारमाथि धरपकड गर्ने घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको छ । आज बसेको पार्टी सचिवालय बैठकले घटनाको कारण र संलग्न व्यक्तिबारे अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

‘यो घटना किन भयो ? कसले गर्‍यो ? यस विषयमा छानबिन गरेर दोषीलाई कारबाही गर्न बैठकले निर्देशन दिएको छ । यो काममा कुनै ढिलासुस्ती नहोस् भन्नेमा पार्टी स्पष्ट छ,’ उनले भने ।

प्रवक्ता खरेलले रास्वपा प्रेस स्वतन्त्रताको पक्षमा रहेको पनि बताए । ‘आगामी दिनमा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुने, पत्रकारमाथि धरपकड गर्ने वा समाचार लेखेकै आधारमा कसैलाई पक्राउ गर्ने घटना नहोस् भनेर सरकारलाई निर्देशन दिएका छौँ,’ उनले भने ।