ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य, रोहितको अर्धशतक; करणको आक्रामक ब्याटिङ

ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य, रोहितको अर्धशतक; करणको आक्रामक ब्याटिङ

काठमाडौं । आईसीसी विश्वकप लि-२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले घरेलु टोलीलाई २६४ रनको लक्ष्य दिएको छ। ओमानको अल अमेरातमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले। उनले ६७ बलमा ६१ रन बनाए। त्यस्तै, करण केसीले आक्रामक ब्याटिङ गर्दै नेपालको योगफल उकासे। उनले केवल १६ बलमा ४० रन जोडे। करणको ब्याटबाट चार छक्का र एक चौका निस्किएको थियो।

नेपालका लागि अर्जुन कुमालले ४० रन बनाए भने इर्शान पाण्डे र बसिर अहमदले समान ३७-३७ रनको योगदान दिए। दीपेन्द्रसिंह ऐरीले २२ रन जोडे। ओमानका बलरमध्ये शकिल अहमद, करण सोनाभेल र शाह फैसलले समान दुई-दुई विकेट लिए। हसनइन शाहले एक विकेट हात पारे। नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याउँदै ओमान अब जवाफी ब्याटिङमा उत्रिनेछ।