

काठमाडौँ । नेपाली कांग्रेसको विधान संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रबाट पारित भएको छ। महाधिवेशन प्रतिनिधि प्रताप पौडेलका अनुसार पारित संशोधित विधानअनुसार अब कांग्रेसमा एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री रहनेछन्।
संशोधित विधानमा उपसभापतिमध्ये एक जना महिला र एक जना समावेशी समूहबाट अनिवार्य हुने व्यवस्था गरिएको छ। त्यस्तै, तीन महामन्त्रीमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ।
सहमहामन्त्रीतर्फ ११ जना निर्वाचित र चार जना मनोनीत हुने व्यवस्था संशोधित विधानमा गरिएको छ। नयाँ व्यवस्थाअनुसार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २५० भन्दा बढी सदस्यीय हुनेछ। त्यसमा ६१ जना सदस्य मनोनीत हुने व्यवस्था गरिएको महाधिवेशन प्रतिनिधि पौडेलले जानकारी दिए।