

काठमाडौँ । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित समयभित्र वरिष्ठ उपसभापति पदमा शर्माको मात्रै उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापति पदका लागि शर्माको एकल उम्मेदवारी परेको थियो। शर्मा गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट उपसभापतिमा चयन भएका थिए। त्यसअघि उनी २०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थिए।