अपडेट: भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ बेपत्ता

अपडेट: भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि बेपत्तामध्ये मंगलबारसम्म १ हजार ४५४ जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासीका विभिन्न स्थानबाट शव फेला परेका हुन्।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३४ शव व्यवस्थापन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायत कार्यका लागि हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ।बाढीपछि अझै ४ हजार ७१८ जना बेपत्ता रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।