एसियाली खेलकुदमा पहिलोपटक भारत-पाकिस्तान स्वर्णका लागि भिड्दै

एसियाली खेलकुदमा पहिलोपटक भारत-पाकिस्तान स्वर्णका लागि भिड्दै

काठमाडौं । एसियाली खेलकुदको इतिहासमा पहिलोपटक भारत र पाकिस्तानका पुरुष क्रिकेट टोली स्वर्ण पदकका लागि आमनेसामने हुने भएका छन्। बिहीबार भएको सेमिफाइनलमा भारतले श्रीलंकालाई १२४ रनले तथा पाकिस्तानले बंगलादेशलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्। भारत र पाकिस्तानबीचको स्वर्ण पदकको खेल अक्टोबर ३ मा हुनेछ।

जापानको निशिनमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो। भारतका लागि इशान किशनले अविजित ८० रन बनाए। उनले ४ चौका र ५ छक्का प्रहार गरे।

यस्तै, वैभव सूर्यवंशीले २१ बलमा ३८ रन बनाए। उनले ६ चौका र २ छक्का प्रहार गरे। कप्तान श्रेयस अय्यरले १३ रन जोडे। १७० रनको लक्ष्य पछ्याएको श्रीलंका ९.५ ओभरमा ४५ रनमै अलआउट भयो। श्रीलंकाका ६ ब्याटरले खातासमेत खोल्न सकेनन्। भारतका जसप्रित बुमराह, अक्षर पटेल र अभिषेक शर्माले २-२ विकेट लिए। श्रीलंकाका तीन खेलाडी रनआउट भएका थिए।

पाकिस्तानको ६ विकेटको जित

अर्को सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई ६ विकेटले पराजित गर्‍यो। वर्षाका कारण प्रभावित खेललाई १३-१३ ओभरमा सीमित गरिएको थियो। पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित १३ ओभरमा ७ विकेट गुमाएर १११ रन बनाएको थियो। जवाफी ब्याटिङमा पाकिस्तानले ११.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। यससँगै पाकिस्तान ६ विकेटको जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो। अब स्वर्ण पदकका लागि भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।