जापानलाई नेपालले दियो १५० रनको लक्ष्य

जापानलाई नेपालले दियो १५० रनको लक्ष्य

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेलमा आयोजक जापानसामु १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा ४ विकेट गुमाएर १४९ रन बनाएको हो।

नेपालका लागि सन्दीप जोराले ५७ रन तथा लोकेश बमले ५२ रन बनाए। दुवै खेलाडी अर्धशतक पूरा गर्दै अविजित रहे।

वर्षाका कारण खेललाई १५ ओभरमा छोट्याइएको हो। नेपालले यसअघि समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो।