३५० रुपैयाँको सामान किनेका उपभोक्ताले पाए १० लाखको पुरस्कार

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले पाए १० लाखको पुरस्कार

काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक बम्पर पुरस्कार घोषणा भएको छ।

आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले पुरस्कार घोषणा गरेका हुन्।

विभागका अनुसार साउन १६ देखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा सहभागी भएका उपभोक्तामध्ये गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार प्राप्त गरेका छन्।

यस अवधिमा पुरस्कारका लागि ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल दर्ता (अपलोड) भएका छन्। साउनको पहिलो १५ दिनमा भने जम्मा ७ हजार ७७ वटा बिल मात्रै दर्ता भएका थिए।

विभागले करदाता प्रोत्साहन कार्यक्रम सुरु भएको पहिलो महिनामै बिल अपलोड गर्ने उपभोक्ताको संख्यामा उल्लेख्य वृद्धि भएको जनाएको छ।