कांग्रेस सुदूरपश्चिमका सांसद प्रकाश देउवा पदमुक्त

कांग्रेस सुदूरपश्चिमका सांसद प्रकाश देउवा पदमुक्त

धनगढी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्।

सभामुख भीमबहादुर भण्डारीले संविधानको धारा १८०(घ) अनुसार मंगलबार देउवालाई पदमुक्त गर्ने निर्णय गरेका हुन्। प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार कुनै जानकारी नदिई लगातार प्रदेश सभा बैठकमा अनुपस्थित भएपछि उनलाई पदमुक्त गरिएको हो।

देउवा विगत ११ महिनादेखि अमेरिकामा रहेका छन्। सचिवालयका अनुसार उनी लगातार २७ वटा प्रदेश सभा बैठकमा अनुपस्थित भएका थिए।